सरकारी निवास बालुवाटार सरे प्रचण्ड

सरकारी निवास बालुवाटार सरे प्रचण्ड


काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरेका छन्। आज बुधवार बेलुकी उनी बालुवाटार सरेका हुन्।

प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको शुभ साइतमा बालुवाटार प्रवेश गरेका हुन् । यसअघि आजै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट धुम्बाराहीमा भाडाको घरमा सरेका थिए।