अष्ट्रेलियाका नेपाली पत्रकारहरुले परोपकारी देउसी भैलो गर्ने, भट्याउने जिम्मा कृष्ण कँडेललाई !

अष्ट्रेलियाका नेपाली पत्रकारहरुले परोपकारी देउसी भैलो गर्ने, भट्याउने जिम्मा कृष्ण कँडेललाई !


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियामा रहेका क्रियाशील नेपालीभाषी पत्रकारहरुको संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशाशेसिएसन एन्जाले आगामी नोभेम्बर ५ तारिखका दिन अनलाईन देउसी भैलो आयोजना गर्ने भएको छ । विदेशी भूमिमा रहेर पनि नेपाली भाषा, संस्कृति, चाडपर्वहरुको प्रबद्र्धन र सम्बद्र्धनमा हातेमालो गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको एन्जाले जनाएको छ ।

नेपाल र अष्ट्रेलियामा क्रियाशील पत्रकारहरुलाई आइपर्दा सहयोग गर्नका लागि वेलफेयर फन्डमा योगदान दिने लक्ष्य समेत रहेको संस्थाका अध्यक्ष ऋषि आचार्यले केविसीखबरलाई जानकारी दिए । उनले भने, “हामीले देउसी भैलो खेलेर दक्षिणा प्राप्त गर्दा बाँडचुँड गर्छौं तर यो देउसीभैलोमा भने परोपकारी कामका लागि यो छुट्याइनेछ । नेपालमा कोभिड १९ का कारण धेरै नेपाली पत्रकारहरु मारमा पर्नुभएको छ । यस्तै अष्ट्रेलियामा पनि क्रियाशील पत्रकारहरुलाई समस्या पर्दा केही गर्न सकिने हाम्रो अपेक्षा छ ।”

यस पटकको देउसी भैलोमा एन्जाले विविध सांस्कृतिक कार्यक्रम गर्ने जानकारी कार्यक्रम संयोजक निरु त्रिपाठीले दिइन् । उनले अष्ट्रेलियामा बस्ने सबै नेपालीहरुको सहभागिताको अपेक्षा गरिएको पनि जानकारी दिएकी छिन् । एन्जाका सचिव सरल गुरुंगले देउसी भैलोमा प्रमुख आकर्षणको रुपमा चर्चित कार्यक्रम ईन्द्रेणीका सञ्चालक एवं समाजसेवी कृष्ण कँडेल र उनको टिमले देउसी गीत भट्याउने जानकारी दिए । उनले थपे, “यससँगै लाईभ दोहोरी र नेपाली लोकगीतको समेत मज्जा लिन सकिनेछ ।”

कार्यक्रममा तपाईं पनि सहभागी हुन चाहनुहुन्छ भने यो लिंकलाई फालो गर्नुहोला –

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FAusNepJourno%2Fposts%2F414187340091392&show_text=true&width=500https://www.facebook.com/AusNepJourno