टेकबहादुर गुरुङको सांसद पद निलम्बन

टेकबहादुर गुरुङको सांसद पद निलम्बन


काठमाडौँ ।

संघीय संसद सचिवालयले टेकबहादुर गुरुङको सांसद पद निलम्बन गरेको जनाएको छ ।

उनीविरुद्ध दर्ता भएको भ्रष्टाचारको मुद्दामा विशेष अदालतमा विचाराधीन रहेकाले सांसद पद निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्रानुसार गुरुङको सांसद पद निलम्बन गरिएको संसद सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।