३३ करोडले अड्कियो ‘हेराफेरि-३’

३३ करोडले अड्कियो ‘हेराफेरि-३’


मुम्बई ।

फिल्म ‘हेराफेरि–३’ अहिले बलिउडमा सर्वाधिक चर्चाको विषय बनेको फिल्म हो ।

अभिनेता अक्षय कुमारले मिडियामाझ आफू ‘हेराफेरि–३’मा नरहने घोषणा गरेपछि उनका फ्यान निकै दुःखी भएका थिए। तर, केही समयपछि भने अक्षय पुनः फिल्ममा रहने खबर बाहिर आएको थियो। अहिले भने यो फिल्मका फ्यानका लागि एउटा निराशाजनक खबर छ।

फिरोज नाडियाडवालाको यो फिल्म अहिले आर्थिक मामलाका कारण चर्चामा छन् । अहिले फिल्मको स्वामित्व फिरोज नाडियाडवाला र इरोस इन्टरनेसनलसँग छ।

फिल्मको पूर्ण अधिकार आफूसँग लिनका लागि फिरोजले इरोस इन्टरनेसनललाई ३५ करोड रुपैंयाँ दिनुपर्छ। उनले यो रकम यही महिनाको अन्त्यसम्म दिनुपर्छ। यदि उनको यो डिल सफल भयो भने फिरोज ‘हेराफेरि–३’सँगै ‘वेलकम’ र ‘आवारा पागल दिवाना’ एक्लो हकदार हुनेछन् ।

फिल्ममा अक्षयको स्थानमा कार्तिक आर्यन फाइनल भइसकेका छन्। धेरैले फिल्मको स्क्रिप्टका कारण अक्षयले फिल्म छोडेको भने पनि फिरोज र अक्षयबीच पारिश्रमिकको विषयमा सहमति नभएपछि अक्षयले छोडेको खुलेको छ।