यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर खरिद ८८ रुपैयाँ ७० पैसा र बिक्रीमा ८९ रुपैयाँ १० पैसा पुगेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ९५ पैसा र बिक्री दर १३२ रूपैयाँ ५५ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ १७ पैसा र बिक्री दर १४० रूपैयाँ ८१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ १३ पैसा र बिक्री दर १५९ रूपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।