रवि लामिछानेले पाउने भए उपप्रधानसहित गृहमन्त्रालय

रवि लामिछानेले पाउने भए उपप्रधानसहित गृहमन्त्रालय


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी पाउने भएका छन् । सत्तारुढ गठबन्धनमा भएको छलफलमा लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउने सहमति भएको हो।

उक्त सहमति पश्चात लामिछाने शपथ ग्रहणको तयारीमा जुटेका छन्।

२० सिटसहित संसदको चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दै सरकारमा सहभागी हुन लागेको हो।