बागमती प्रदेशको मुख्यमन्त्रीमा पाण्डे, सपथसँगै पदभार ग्रहण

बागमती प्रदेशको मुख्यमन्त्रीमा पाण्डे, सपथसँगै पदभार ग्रहण


काठमाडौं, ११ कात्तिक । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ लिनुभएको छ । प्रदेश प्रमुख कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्री पाण्डेले पद तथा गोपनियताको शपथ लिनुभएको हो । नेकपा (एकीकृत समाजवादी) वागमती संसदीय दलका नेता पाण्डेलाई प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री पाण्डेसँगै नेपाली कांग्रेसका कृष्णलाल भँडेल, नेकपा (माओवादी केन्द्र) का कुमारी मोक्तान र नेकपा (एस) कृष्णप्रसाद खनालले मन्त्री पदको शपथ लिनुभएको छ । भँडेललाई भौतिक पूर्वाधार, मोक्तान सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

वाग्मती प्रदेशमा सत्तारुढ नेकपा (एमाले) विभाजन भएर १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिनुभएको थियो ।