तास्मानिया नेप्लिज क्रिकेट एसोसिएसनद्वारा ‘जुनियर ब्लास्टर’ कार्यक्रमको सुरुवात

तास्मानिया नेप्लिज क्रिकेट एसोसिएसनद्वारा ‘जुनियर ब्लास्टर’ कार्यक्रमको सुरुवात


तास्मानिया अष्ट्रेलिया ।

तास्मानिया नेप्लिज क्रिकेट एसोसिएसनले जुनियर ब्लास्टर कार्यक्रमको सुरुवात गरेको छ। तास्मानिय क्रिकेट एशसेसनको सहकार्यमा उक्त कार्यक्रमको सुरुवात गरेको हो। शनिबारबाट सुरु भएको जुनियर ब्लास्टर ८ हप्ता चल्ने छ। 

दक्ष प्रशिक्षकद्वारा अहिले १० जना बालबालिकालाई प्रशिक्षण दिइरहेको टिएनसिएका अध्यक्ष बाबुराम न्यौपानेले जानकारी दिए। अध्यक्ष न्यौपानेले  जुनियर ब्लास्टर कार्यक्रम गर्न सहयोग गर्ने ग्रेस इन्टरनेशनल तस्मानिया , क्युब मोर्टगेज सर्विसेज र सेट राईट अटोमोटिभलाई धन्यवाद दिएका छन्। 

पहिलो चरणमा १० सहभागी बालबालिकालाई प्रशिक्षकद्वय कमल भण्डारी, देव पौडेल, पियुष जोशी, अमृत ​​भट्टराई, लक्ष्मण पन्थी, वासी खान, दिवाश रेग्मी, सुदिप पाण्डे, अन्जित लम्सालले प्रशिक्षण दिने छन्। 

टिएनसिएले तास्मानियमा विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको छ। खेलको माध्यमबाट टिएनसिए यहाँ रहेका नेपाली संघ–सस्थासँग सहकार्य गर्दै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको छ।