यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अष्ट्रेलियन डलर खरिद ८८ रुपैयाँ ६० पैसा र बिक्रीमा ८९ रुपैयाँ पुगेको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ २८ पैसा र बिक्री दर १३२ रूपैयाँ ८८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ३९ पैसा र बिक्री दर १४१ रूपैयाँ ०३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ५६ पैसा र बिक्री दर १६० रूपैयाँ ६२८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।