काठमाडौँ ।
नेपाल राष्ट्र बैँकले शनिबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अष्ट्रेलियन डलर खरिद ८८ रुपैयाँ ६० पैसा र बिक्रीमा ८९ रुपैयाँ पुगेको छ। यस्तै अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १४० रुपैयाँ ३९ पैसा तथा बिक्री दर १४१ रुपैयाँ ३ पैसा तोकिएको छ। यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५९ रुपैयाँ ५६ पैसा र बिक्री दर १६० रुपैयाँ २८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया