शेयर बजारमा लगातार सुधार हुँदै

शेयर बजारमा लगातार सुधार हुँदै


काठमाडौं, ११ कात्तिक । शेयर बजार परिसूचक नेप्से लगातार उकालो लाग्दै गएको छ । लगातार पाँचौ दिन बढ्दै यो साता शेयर बजारले सुधारको संकेत देखाएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नेप्सेको यो बृद्धि साताभर निरन्तरको पाँचौ दिन हो । आज १३.०३ अंकले बढेर नेप्से परिसूचक २७ सय ८२.१७ को बिन्दूमा उक्लिँदा कारोबार रकम भने ५ अर्ब ३९ करोड ५२ लाखमा खुम्चिएको छ । बिहीबार २२२ कम्पनीको ५२ लाख ३६ हजार ६१३ कित्ता सेयर दोस्रो बजारमा ५९ हजार १४० पटक खरिद बिक्री भएको थियो । बिहीबार ११३ कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीको शेयर मूल्य घट्न पुग्यो भने तन कम्पनीको शेयर मूल्य स्थिर रह्यो । कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहमा हरियाली छाएको थियो भने ६ उपसमूह ओरोलो लागेको थियो । बिहीबार माइक्रोफाइनान्स र जलबिद्युत उपसमूहमा उच्च बृद्धि देखिएको थियो ।