डलर साट्दै हुनुहुन्छ ? यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर खरिद ८९ रुपैयाँ ०६ पैसा र बिक्रीमा ८९ रुपैयाँ ४७ पैसा पुगेको राष्ट्र बैँकले जनाएको छ ।

यस्तै अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ १३ पैसा र बिक्री दर १३२ रूपैयाँ ७३ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ ७४ पैसा र बिक्री दर १४१ रूपैयाँ ३८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ९३ पैसा र बिक्री दर १६० रूपैयाँ ६६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्री दर ३६ रूपैयाँ ३२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।