काठमाडौँ ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाइएको छ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ज्येष्ठ सदस्यको रुपमा राप्रपा नेता पशुपति शमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनले भोलि बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदैछन्। तर, यसअघि बिहीबार मध्यान्ह १२ बजेका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरिएको छ।
बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एक एक जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको छ। बैठकमा संसद सञ्चालनलगायतका विषयमा छलफल हुनेछ।
प्रतिक्रिया