गायिका वर्तिका एम राई पहिलो पटक अष्ट्रेलिया टुरमा आउँदै, डिसेम्बर ३० मा होबार्टमा लाइभ कन्सर्ट

गायिका वर्तिका एम राई पहिलो पटक अष्ट्रेलिया टुरमा आउँदै, डिसेम्बर ३० मा होबार्टमा लाइभ कन्सर्ट


तास्मानिया होबार्ट ।

पछिल्लो समय युवापुस्तामाझ चर्चित गायिका वर्तिका एम राई सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया आउने भएकी छन् । अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्याको अवसर पारेर गायिका राई अष्ट्रेलिया टुरमा आउन लागेकी हुन् । 

गायिका वर्तिका एम राईले ३० डिसेम्बरमा तास्मानियाको होबार्टमा सांगीतिक प्रस्तुति दिनेछिन् । हल्ला इभेन्टको अयोजनामा बुलिज अटोमोटिभले टाइटल स्पोन्सर गरेको उक्त कार्यक्रम होबार्टको ओरियन थियटरमा हुने छ । १५ सयबढी जनाको क्षमता भएको ओरियन थियटर तास्मानियाकै सबैभन्दा पुरानो मानिन्छ। यस थियटरमा नेपाली कार्यक्रम भने पहिलो पटक गरिँदैछ । 

वर्तिकाका विम्बाकाश र तरल गीत युवापुस्तामाझ चर्चित छन् । सरल शब्द, सशक्त कम्पोजिसन र काव्य शैलीको कारण उनका गीत रुचाइन्छन्। उक्त सांगीतिक कार्यक्रममा अर्थ ब्याण्ड, यात्र ब्याण्डका साथै गायक सार्गम राईले पनि प्रस्तुति दिने आयोजकले जनाएको छ ।

कार्यक्रमका लागि ७० प्रतिशत टिकट बिक्री भइसकेको हल्ला इभेन्टका संयोजक नविन श्रेष्ठले जानकारी दिए । बिक्री हुन टिकट थोरै मात्र भएकाले समयमै आफ्नो सिट सुरक्षित गर्न संयोजक श्रेष्ठले आग्रह गरेका छन् । 

हल्ला इभेन्टले तास्मानियमा रहेर विगत केही वर्षदेखि विभिन्न कन्सर्टको आयोजना आएको र अब निकट भविष्यमै यहाँ रहेका नेपाली संघ–सस्थासँग मिलेर सामाजिक कार्यमा पनि सहभागी हुने संयोजक श्रेष्ठले बताए । 

कार्यक्रम हलमा साँझ ७ बजेबाट प्रवेश गराइने छ । कार्यक्रममा प्रवेश गर्न १८ वर्ष माथिको भएको पहिचान खुल्ने परिचय पत्र लिएर आउन पनि आयोजकले आग्रह गरेका छन् ।