विश्वकप फाइनल : फ्रान्स र अर्जेन्टिनाको खेल अतिरिक्त समयमा

विश्वकप फाइनल : फ्रान्स र अर्जेन्टिनाको खेल अतिरिक्त समयमा


काठमाडौँ ।

कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा जारी छ। लुसिल स्टेडियममा जारी खेलमा फ्रान्सले अर्जेन्टिनाविरुद्ध दुई गोल फर्काएको छ ।

खेलको ८०औं मिनेट केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–१ को स्थितिमा ल्याएका थिए। त्यसपछि खेलको ८१औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २–२ गोलको बराबरीमा ल्याएका हुन्।

अर्जेन्टिनाका लागि खेलको २३औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। यस्तै खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै फ्रान्सलाई २–० को अग्रता दिलाएका थिए ।