काठमाडौँ ।
कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा खेलमा क्रोएसियालाई ३(० ले हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति दोहाको लुसेल रंगशालामा भएको खेलमा अर्जेन्टिनाले क्रोसियालाई ३–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
खेलको ३४ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए। खेलको ३९ औं मिनेटमा जुलियन अल्भारेज गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाए।
खेलको ६९ औं मिनेटमा जुलियन अल्भारेज पुनः गोल गर्दै अर्जेन्टिनालाई ३–० गोलको अग्रता दिलाएका हुन्।
विश्वकपमा अर्जेन्टिनाको यो छैटौँ पटकको फाइनल यात्रा हो। अर्जेन्टिना यसअघि सन् १९३०, १९७८, १९८६, १९९०, २०१४ फाइनलमा पुगेको थियो भने दुई पटक विश्वकप उपाधि जितेको छ।
अब अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ। सेमिफाइनलको दोस्रो खेल नेपाली समयअनुसार आज ९बुधबार०राति १२ः४५ बजेदेखि सुरु हुनेछ।

प्रतिक्रिया