अष्ट्रेलियामा नेपालीलाई लक्षित गरी ईन्टरनेटमा बढ्दैछ स्क्याम, यस्तो फेसबुक रिक्वेष्ट नस्वीकार्नुस् !

अष्ट्रेलियामा नेपालीलाई लक्षित गरी ईन्टरनेटमा बढ्दैछ स्क्याम, यस्तो फेसबुक रिक्वेष्ट नस्वीकार्नुस् !


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियामा नेपालीभाषीहरुको संख्या बढेसँगै यहाँ विभिन्नखाले समस्या पनि बढ्न थालेका छन् । पछिल्लो समय अष्ट्रेलियन कर कार्यालय एटीओ या संघीय प्रहरीले पक्राउ गर्नसक्ने भन्दै फोनमार्फत चेतावनी दिने र पैसा मागेर समस्या मिलाईदिन्छु भन्दै ठगी गर्ने क्रम बढेको छ । अर्कोतर्फ फेसबुकमा नेपाली नामसँग मिल्दोजुल्दो प्रोफाईल बनाएर सेक्स स्क्याम गर्ने र ठूलो रकम माग गर्ने गरिएको पाइएको छ ।

केविसीखबरसँग सम्पर्कमा आएको एक दम्पत्तिले यस किसिमको ठगी घटनाको बारेमा खुलासा गरेका छन् ।

फेसबुकमा आएको फ्रेन्ड रिक्वेष्ट स्वीकार गरेपछि विविध यौनजन्य क्रियाकलापमा संलग्न गराउने र यसको भिडियो बनाएर पछि निज व्यक्तिलाई नै ब्ल्याकमेल गर्ने गरेको उनीहरुले बताए ।

दम्पत्तिमध्ये श्रीमानले भने, “साथीहरु पनि फ्रेन्ड लिष्टमा देखेपछि रिक्वेष्ट स्वीकार गरेको थिएँ । तर, पछि विविधखाले यौनजन्य गतिविधिमा संलग्न गराए । समय बिग्रिएकोले होला म पनि त्यसमा नै फस्न पुगँे । तर, जब मेरो नामको अर्को फेसबुक एकाउन्ट बनाएर ब्ल्याकमेल गरियो त्यसपछि मेरो भिडियोलाई जोडेर अश्लिल गतिविधि गरेको देखाउँदै सबैमाझ सार्वजनिक गर्ने भन्दै मसँग पैसा मागिएको थियो ।”

यो दम्पत्तिले प्रहरीमा खबर गरे । तर, प्रहरीले पनि खासै सहयोग गर्न सकेन । ईन्डोनेसियाबाट फेसबुक सञ्चालित रहेकोसम्म पत्तो लाग्न सक्यो ।
सिड्नीमा एक दशकदेखि बसोबास गर्दै आएका उनले थपे, “जीवनमा नै ठूलो तनाव ल्यायो । श्रीमान श्रीमतीबीच नै सम्बन्ध बिग्रिएला जस्तो भयो । तर, दुबैले समझदारीपूर्वक समस्याको समाधान गर्नसक्दा सम्बन्ध बचाउन सकियो ।”

नेपाली युवतीको नामसँग मिल्दोजुल्दो र गुगल ट्रान्सलेटबाट अनुदित भाषा प्रयोग गरेर बनाइएका यस्ता फेसबुक प्रोफाईनलले तपाईंको भावनामाथि खेलवाड गरिरहेका हुन्छन् । एक्लो मानिस, यौनप्रति आकर्षित हुने व्यक्तिहरुको छनोट गरी यिनीहरुले फसाउने गरेका छन् ।

यसैकारण यदि तपाईंलाई पनि यस्तो रिक्वेष्ट आएको छ भने स्वीकार नगर्नुस् नत्र फसिएला है ।