ह्यारि केन पेनाल्टीमा चुक्दा इङ्गल्याण्ड विश्वकपबाट बाहिरियो, फ्रान्स सेमिफाइनलमा

ह्यारि केन पेनाल्टीमा चुक्दा इङ्गल्याण्ड विश्वकपबाट बाहिरियो, फ्रान्स सेमिफाइनलमा


मंसिर २५, काठमाडौँ । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ। कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्याे।

खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए। खेलको ५४औँ मिनेटमा इङ्गल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए । ५८औँ मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो ।

इंग्ल्यान्डले पेनाल्टीमार्फत बराबरीको सुन्दर मौका चुकाएको थियो। पहिलो गोल ह्यारि केनले पेनाल्सटीको सदुपयोग गर्दै खेल १–१ को बराबरी गरेपनि फ्रान्स लिएको दोस्रो पटकको अग्रतालाई पनि बराबरी गर्ने मौका भने केनले चुकाए। उनले ८४ औ मिनेटमा पेनाल्टीको अर्को मौका गुमाउन पुगेका थिए । जसका कारण निर्धारित समयको सम्भावित बराबरीको मौकाबाट इंग्ल्यान्ड चुकेको थियो ।

फ्रान्स सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ ।