मंसिर २३, काठमाडौँ । कतार फिफा विश्वकप २०२२अन्तर्गत आजबाटबाट क्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन् । पहिलो खेलमा क्रौएसिया र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार पौने ९ बजे एजुकेसन सिटी मैदानमा हुनेछ ।
क्रोएसिया साविक उपविजेता हो । ब्राजिल भने कीर्तिमानी छैटौं पटक उपाधि जित्ने योजनामा छ । त्यसैले खेल आज निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
लुका मोड्रिडकाले क्रोएसियाको कप्तानी गर्ने छन् भने थिअगो सिल्भाले ब्राजिलको कप्तानी सम्हाल्नेछन् ।
यस्तै दोस्रो खेल अर्जेन्टिना र नेदरल्यान्ड्सबीच हुनेछ । खेल नेपाली समय अनुसार राति पौने एक बजे लुसेल आइकोनिक रंगशालमा हुनेछ।
दुई टोलीबीच पछिल्लो भेट सन् २०१४ को सेमिफाइनलमा भएको थियो । निर्धारित र अतिरिक्त समयमा खेल बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ लिओनल मेसीको कप्तानीमा अर्जेन्टिना विजयी भएको थियो ।
सोहि हारको बदला लिने लुइस भान गाल प्रशिक्षणमा रहेको नेदरल्यान्ड्सको योजना छ। भर्जिन भान डाइकको कप्तानीमा नेदरल्यान्ड्स पछिल्लो १९ खेलमा अपराजित छ ।
यता मेसी भने पाँचौपटक विश्वकप खेल्दैछन् । उनको यो अन्तिम विश्वकप समेत हो। पछिल्लो समय विश्वकपमा मेसी उच्च लयमा छन् । त्यसैले पनि सबैको नजर मेसी माथि हुन्छ नै ।
मेसीलाई जुलियन अल्भारेज, एन्जल डि मारिया, एन्जो फर्नान्डेज, एलेक्स म्याक एलिस्टर, रोड्रिगो डि पाउल जस्ता खेलाडीको साथ हुनेछ।
प्रतिक्रिया