काठमाडौँ ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चोधरी निर्वाचित भएकी छन्।
४० हजार सात सय ८८ मत प्राप्त गर्दै चौधरी निर्वाचित भएकी हुन्। उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गरिन्। गच्छदारले ३५ हजार छ सय मत प्राप्त गरे।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत प्राप्त गरे।

प्रतिक्रिया