निर्वाचन अपडेट : प्रत्यक्षतर्फ कांग्रेस, समानुपातिकमा एमाले अगाडि, अन्य दलको अवस्था के छ ?

निर्वाचन अपडेट : प्रत्यक्षतर्फ कांग्रेस, समानुपातिकमा एमाले अगाडि, अन्य दलको अवस्था के छ ?


काठमाडौँ ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय तीन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ।

प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ४७, नेकपा (एमाले) ३८, नेकपा (माओवादी केन्द्र) १६, नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी पाँच, लोकतान्त्रिक समाजवादी पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी चार, जनता समाजवादी पार्टी दुई तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी एक-एक र पाँच स्वतन्त्र उम्मेदवार विभिन्न क्षेत्रबाट विजयी भएका छन्।

यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ एमालेले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ। निर्वाचन आयोगको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ। त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ३२ हजार छ सय ६४ मत प्राप्त गरेको छ।

घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ४५ हजार पाँच सय ६१ मत प्राप्त गरेको छ भने माओवादी केन्द्रले अहिलेसम्म सात लाख १९ हजार तीन सय ७२ मत प्राप्त गरेको छ।

त्यसैगरी राप्रपाले तीन लाख ७८ हजार दुई सय ३३, जसपाले दुई लाख चार हजार सात सय २४, एकीकृत समाजवादीले एक लाख ४८ हजार दुई सय १७ र नागरिक उन्मुक्ति पार्टीले एक लाख लाख ३३ हजार पाँच सय चार मत प्राप्त गरेका छन्।