चितवन–२ बाट रवि लामिछाने भारी मतान्तरले विजयी

चितवन–२ बाट रवि लामिछाने भारी मतान्तरले विजयी


काठमाडौँ । चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका छन्। लामिछानेले ३४ हजार एक सय ६२ मतान्तरले निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। तर औपचारिक घोषणा भने हुन बाँकी छ।

उहाँले ४९ हजार दुई सय ६१ मत प्राप्त गर्नुभएको छ भने उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेका छन्। सोही क्षेत्रमा नेकपा ९एमाले०का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४९ मत प्राप्त गरेका थिए।

यस क्षेत्रमा ६७।३ प्रतिशत अर्थात् ८४ हजार तीन सय १५ मत खसेको थियो। लामिछानेलाई निकटतम् प्रतिस्पर्धी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले बधाई दिएका छन्। सो क्रममा लामिछानेले छलफल गरी आफू अघि बढ्ने बताए।