गुल्मी–२ मा एमालेका विष्ट विजयी

गुल्मी–२ मा एमालेका विष्ट विजयी


काठमाडौँ । गुल्मीको क्षेत्र नं २ मा नेकपा एमालेका गोकर्णराज विष्ट विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई दुई हजार ४४ मतले पछि पार्दै विष्ट विजयी भएका हुन् । यो जीतसँगै यस क्षेत्रमा विष्टले ‘ह्याट्रिक’ गरेका छन् ।

यस क्षेत्रमा कूल ५८ हजार सात सय ५९ मत खसेको थियो। विजयी भएका विष्टले २८ हजार चार सय ८५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए ।

उनका प्रतिस्पर्धी झाँक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत थापाले जानकारी दिए। उनले २०७०, २०७४ र अहिले गरी लगातार तीन पटक चुनाव जितेका छन् । विष्टले यस क्षेत्रबाट २०५६ मा पनि चुनाव जितेका थिए । २०६४ मा मात्र विष्ट माओवादीका चन्द्रबहादुर थापासँग पराजय भएका थिए।