प्रधानन्यायाधीशले मार्गप्रसस्त गर्नुपर्ने सर्वोच्चका न्यायाधीशहरुको निष्कर्ष

प्रधानन्यायाधीशले मार्गप्रसस्त गर्नुपर्ने सर्वोच्चका न्यायाधीशहरुको निष्कर्ष


काठमाडौं, ९ कात्तिक । सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरुले प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबराले मार्ग प्रशस्त गरेर राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका छन् । प्रधान्यायाधीश जबरासँगको छलफलपछि १५ जना न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेका हुन् । उनीहरुले प्रधानन्यायाधीश जबराबाट न्यापालिकाको नेतृत्व हुन नसक्ने दोहो¥याएका छन् । प्रधानन्यायाधीश जबरा विवादको घेरामा परेपछि न्यायाधीशहरुले मार्गप्रसस्त गर्न सुझाव दिएका छन् ।

न्यायाधीशहरुसँग मंगलबार भएको छलफलमा प्रधानन्यायाधीश जबराले भने आफूले राजीनामा नदिने बताउनुभएको छ । उहाँले आफू संवैधानिक बाटोबाट आएको र संवैधानिक हिसाबले नै बाहिरिने भन्दै राजीनामा नदिने स्पष्ट पार्नुभएको हो । त्यस क्रममा जबराले विवाद र प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफूले पनि राजीनामा दिने बताउनुभएको बताइएको छ ।

सर्वोच्च अदालतभित्र देखिएको विवादका कारण मंगलबार पनि कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश जबराले मंगलबारका लागि १५ जना न्यायाधीशलाई ८ वटा इजलास तोक्नुभएको थियो । त्यसमध्ये ७ वटा संयुक्त इजलास तोकिएको थियो भने नहकुल सुवेदीलाई एकल इजलास तोकिएको थियो । ती इजलासमा २१६ वटा मुद्दाको पेशी तोकिएको थियो ।

बुधबार पनि १५ जना न्यायाधीशले संयुक्त रुपमा छलफल गर्ने तयारी गरेका छन् । त्यही कारण बुधबारको इजलास पनि प्रभावित हुने सम्भावना देखिएको छ ।