मंसिर ६, काठमाडौँ । काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल निर्वाचित भएका छन्। उनी नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेललाई ५ हजार ६५ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
गत आइतबार सम्पन्न मतदानमा यहाँ ४५ हजार ९८७ मत खसेको थियो। जसमध्ये पौडेलले १५ हजार २३७ मत र पोखरेलले १० हजार १७२ मत पाएका छन्।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पोखरेलले कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई पराजित गरेका थिए। यद्यपि, निर्वाचन आयोगले औपचारिक रुपमा भने घोषणा गर्न बाँकी छ।
प्रतिक्रिया