अध्यादेशको फाईदा ठाकुरलाई पनि, जनता समाजवादी पार्टी लोकतान्त्रिक खुल्दै

अध्यादेशको फाईदा ठाकुरलाई पनि, जनता समाजवादी पार्टी लोकतान्त्रिक खुल्दै



काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पार्टी विभाजन गर्नका लागि २० प्रतिशत केन्द्रीय सदस्य र सांसद भए पुग्ने अध्यादेश जारी गरे लगत्तै महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी विभाजित गर्दै जनता समाजवादी पार्टी लोकतान्त्रिक नाममा नयाँ दल निर्वाचन आयोगमा दर्ता गर्न निवेदन दिएका छन् ।

२४ जना कार्यकारिणी सदस्यको हस्ताक्षर सहित महन्थ समुहले आयोगमा निवेदन दिएको हो । दल दर्ता गरी साइकल चुनाव चिन्ह समेत माग गरिएको छ । आफूहरुको पक्षमा १५ जना सांसद रहेको सो समुहका नेता राजेन्द्र महतोले बताए ।

उता नेकपा एमालेको माधव नेपाल समूहले पनि नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको छ । नयाँ पार्टीको नाम नेकपा एमाले ‘समाजवादी’ राखिएको छ ।