२४ घण्टामा ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, ९ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १२ हजार २० जनाको पिसीआर र एन्टीजेन परीक्षणमा ६ सय ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

९ हजार ७७१ जनाको पिसीआर परीक्षण गर्दा ५ सय ६९ र २ हजार २ सय ४९ जनाको एन्टीजेन परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको हो । यसै अवधिमा देशभर ६ सय २२ संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ । अहिले मुलुकभर १० हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।