डेण्टेड कोडको नेपाल फेष्टिभल अफर, ७ हजार ५ सय डलर बराबरको तालिम निःशुल्क

डेण्टेड कोडको नेपाल फेष्टिभल अफर, ७ हजार ५ सय डलर बराबरको तालिम निःशुल्क


शनिबार सिड्नीको अबर्नमा नेपाल फेष्टिभल २०२२ आयोजना हुँदैछ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आयोजनामा हुन लागेको नेपाल फेष्टिभलमा यहाँका विभिन्न सामूदायिक संघसंस्थाले सहकार्य गरेका छन् भने विभिन्न व्यवसायिक कम्पनीहरुले नेपाल फेष्टिभल लक्षित अफर ल्याउने क्रम सुरु भएको छ । यसै क्रममा डेन्टल कोडले ७ हजार ५ सय डलर बराबरको तालिम निःशुल्क दिने योजना ल्याएको छ । यसका लागि भने स्टलमा गएर आफ्नो नाम दर्ता गराउनुपर्नेछ ।

आफ्नो स्टलमा आएर दर्ता हुनेहरूबाट छनौटमा परेका तीन जनालाई सो बराबरको तालिम निशुल्क दिने बताएको हो। गोलाप्रथाबाट छानिने एकजनाले ४००० डलर बराबरको तीन महिनाको ‘वेब डेभलोपमेन्ट’ तालिम निशुल्क गर्न पाउने छन्।

त्यस्तै अरू दुई जनाले डेण्टेड कोडको ‘अनलाईन लर्निङ प्लाटफर्म’मा २५०० डलर बराबरको जीवनभर सिक्ने अवसर निशुल्क पाउने छन् भने तेस्रोले १००० डलर बराबरको ‘अनलाईन लर्निङ प्लाटफर्म’को एक वर्षको तालिम निशुल्क पाउने छन्।

नेपाल फेस्टिबल मनाउन आउनेहरू मध्येबाट कसैले अष्ट्रेलियामा आईटीमा करिअर बनाउनका लागी निशुल्क अवसर पाउँदा अरूलाई पनि करिअर बनाउनको लागी प्रेरणा मिल्ने भएकाले तीनजनालाई निशुल्क तालिम र मेन्टरिङको अवसर दिन लागेको डेण्टेड कोडका प्रेम आचार्यले बताए।

सिड्नीको रकडेलमा रहेको डेण्टेड कोडले अष्ट्रेलियामा आईटीको क्षेत्रमा काम गर्न चाहनेहरूलाई तालिम, मेन्टरिंग, नेटवर्किङको माध्यमबाट करिअर विकासमा सहयोग गर्दै आएको छ।