नेकपा एमाले दोश्रो पटक औपचारिक रुपमा विभाजित, माधव नेपाल पुगे नयाँ दल दर्ता गर्न

नेकपा एमाले दोश्रो पटक औपचारिक रुपमा विभाजित, माधव नेपाल पुगे नयाँ दल दर्ता गर्न



काठमाडौं ।

नेकपा एमाले दोश्रो पटक विभाजित भएको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहले छुट्टै पार्टी दर्ताका लागि दिवेदन दिएसँगै लामो समयदेखिको विवाद विभाजनमा पुगेको हो । यद्यपि नेताहरुले अझै एकताको बाटो कायमै रहेको प्रतिक्रिया दिएका छन् । नेकपा एमालेको माधव नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ ।

समूहले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न खुला किताब प्रस्ताव गरेको छ
नेता राजेन्द्र पाण्डेको नेतृत्वको टोली निर्वाचन आयोग पुगेर दल दर्ता निवेदन दिएको हो ।

निर्वाचन आयोगले प्रस्तावित नाम र चुनावचिन्हमा पार्टी दर्ता गर्न मिल्ने नमिल्ने ४५ दिनभित्र निर्णय गर्नेछ । सोही अनुसार कागजात माग गरेपछि बुझाईने नेताहरुले बताएका छन् ।

यसअघि बामदेव गौतमको नेतृत्वमा नेकपा एमाले विभाजित भएको थियो । बामदेवले नेकपा माले गठन गर्दै एमालेबाट विभाजित भएको घोषणा गरेका थिए । निर्वाचनमा पराजय व्यहोरेपछि निस्क्रिय भएका उनीहरु पछि एमालेमै फर्किएका थिए ।