मेलबर्न, अष्ट्रेलिया ।
मेलबर्न अष्ट्रेलियामा मुख्य कार्यालय रहेको ग्रेस ईन्टरनेशनले आफ्नो स्थापनाको १६ औं वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहेको छ । १६ वर्षमा १६ विद्यार्थीलाई १६ लाख बराबरको शैक्षिकवृत्ति दिने योजना अघि सारेको कम्पनीले हालै ब्रिसबेनमा सम्पन्न नेपाल फेष्टिभलमा आफ्नो १६ वर्षे यात्राका केही क्षणलाई स्मरण गर्ने अवसर जुटाएको छ ।
नेपाल फेष्टिभलका प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुंगले १६ औंवार्षिकोत्सवको केक काटेर खुशीयाली साटेका थिए । उक्त अवसरमा ग्रेस ईन्टरनेशनलका संस्थापक निर्देशक रामचन्द्र पौडेलले अतिथिहरुलाई धन्यवाद दिएका थिए ।
यति मात्र होइन उक्त अवसरमा एनआएनका आईसीसी अध्यक्ष बद्री केसी, अन्य एनआरएन अभियन्ता, पत्रकार लगायतको उपस्थितिले ग्रेस ईन्टरनेशनलको १६ औं वार्षिकोत्सवलाई अझ विशेष बनाएका थिए ।
ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेज सन् २००६ देखि सञ्चालनमा छ । यसका संस्थापक निर्देशक रामचन्द्र पौडेल त्यतिबेलाको स्मरण गर्दै आफुसहित तीन जनाको उपस्थितिमा सुरु भएको कम्पनी अहिले २ सय जना कर्मचारी र २३ वटा शाखामा विस्तार भइसकेकोमा गर्व लागेको बताउँछन् ।
यति मात्र होइन अहिले अफ्रिकी देशहरुसहित ५ वटा देशमा ग्रेस ईँन्टरनेशनलको कार्यालय रहेको छ । आगामी सन् २०२३ भित्र ग्रेसले ९ वटा देशमा आफुलाई विस्तार गर्ने योजना बनाएको पौडेलले जानकारी दिए । उनले भने, “नेपाल, भारत, अष्ट्रेलिया, पाकिस्तान मात्र होइन हामी केन्यासम्म पनि फैलिएका छौं । वार्षिक रुपमा १० हजार विद्यार्थीहरुलाई हामीले सेवा दिइरहेका छौं । अष्ट्रेलिया, क्यानडा, अमेरिका लगायतका देशमा पढ्न चाहने विद्यार्थीहरुलाई परामर्श दिने र सहजीकरण गर्ने कार्यलाई हामीले अगाडि बढाएका छौं ।”
व्यवसाय मात्र नभएर सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न परोपकारी काममा पनि ग्रेस ईन्टरनेशनल सहभागी बनेको पौडेलले जानकारी दिए । उनका अनुसार अष्ट्रेलियामा आयोजना हुने विभिन्न सामाजिक कार्यक्रमहरुमा ग्रेस ईन्टरनेशनलले पार्टनरकै रुपमा सहभागिता जनाउने गरेको छ भने अफ्रिकी मुलुक केन्या र नेपालको अनाथालयलाई नियमित रुपमा सहयोग गर्दै आएको छ । पौडेलले भने, “समाजले नै हामीलाई यो सफलता दिएको र हामी हाम्रो समूदायमा आईपर्ने कठीन मोडहरुमा सहयोगी मन लिएर सदा उभिने गरेका छौं ।”
पौडेलले १६ वर्षे यो यात्राका लागि सहकार्य गर्ने सबै ग्रेस ईन्टरनेशनल परिवारका सदस्यहरुलाई धन्यवाद दिए । उनले भने, “टिमवर्क नै सफलताको आधार हो ।”
केविसीखबरसँग कुरा गर्दै ग्रेस ईन्टरनेशनल ब्रिसबेनका निर्देशक गणेश न्यौपानेले नेपाल फेष्टिभलका कारण आफुहरुको १६ औं वार्षिकोत्सव अझ उल्लासमय बनेकोमा खुशी व्यक्त गरे ।
ग्रेस ईन्टरनेशनलको अष्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, तास्मानिया, एडिलेड, क्यानबेरा लगायतका ठाउँमा शाखा रहेको छ ।
प्रतिक्रिया