गठबन्धनविरुद्ध लागेको आरोपमा गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

गठबन्धनविरुद्ध लागेको आरोपमा गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त


पोखरा ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई मन्त्रीबाट हटाएका हुन्।

खड्काको जिम्मेवारी आफूसँग राखेर मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद पुनर्गठन गरेको निर्णय प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई पठाएका छन्। खड्काले आसन्न निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विन्दुकुमार थापालाई हराउन भूमिका खेलेको आरोप छ।

दुई साताअघि पनि गठबन्धन दलकै मन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरिएको थियो । अब गण्डकीमा १० सदस्यीय मन्त्रिपरिषद् छ।