बझाङ केन्द्रबिन्दु बनाएर पश्चिममा भूकम्प

बझाङ केन्द्रबिन्दु बनाएर पश्चिममा भूकम्प


काठमाडौँ ।

बझाङको पातेदेवल केन्द्रबिन्दु भएर ५ दशमलव ४ म्याग्नेच्युडको भूकम्प गएको छ। बेलुकी ८ बजेर १२ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

सुदूरपश्चिमको डडेल्धुरा, अछाम, बाजुरा, कञ्चनपुर, डोटी, कैलाली लगायतका सबै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो। पछिल्ला केही दिनमा सुदूरपश्चिमका विभिन्न जिल्लामा लगातार भूकम्प गइरहेको छ।