७७६ जना कोरोना संक्रमित थपिए, १३ को मृत्यु

७७६ जना कोरोना संक्रमित थपिए, १३ को मृत्यु


काठमाडौं, ८ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार २ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २ हजार ५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ गरी ७७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ५०१ जना निको भएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९ हजार ७२९ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ३ सय ६१ पुगेको छ भने ७ लाख ८८ हजार ८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३६० रहेको छ । जसमध्ये ९ हजार ६१७ जना होम आइसोलेसनमा छन् भने ७४३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५४ जना आईसीयू र ७४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १८५, झापामा ७८, कास्कीमा ६६, चितवनमा ६४, मोरङमा ६१ जानमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३३, रुपन्देहीमा २५, मकवानपुरमा १७, सुनसरीमा १३ र नवलपरासी पश्चिममा १२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।