नेपाल प्रवेश गरेका ११ जना अफगान नागरिक पक्राउ

नेपाल प्रवेश गरेका ११ जना अफगान नागरिक पक्राउ


काठमाडौं, ८ कात्तिक । काठमाडौंको सिनामंगलस्थित एक होटलबाट ११ जना अफगानिस्तानका नागरिक पक्राउ परेका छन् । अवैध रुपमा नेपाल प्रवेश गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको छ । तालिबानले अफगानिस्तान कब्जा गर्नुअघि उनीहरु हवाई मार्गबाट भारत छिरेका थिए । त्यसपछि उनीहरु एक महिनाबीचमा सुनौली नाकाबाट नेपाल छिरेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सिनामंगलस्थित फेसबुक होटलबाट ती अफगानी नागरिकलाई अध्यागमन विभागको जिम्मा लगाएको छ । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उनीहरुलाई पक्राउ गरेपछि थप कारबाहीका लागि अध्यागमन विभागमा बुझाइएको बताउनुभएको छ ।