होबार्ट, अष्ट्रेलिया ।
अष्ट्रेलियामा रहेका सक्रिय नेपाली पत्रकारहरुको संगठन अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन एन्जाको साधारणसभाले तीन बुँदे होबार्ट घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा अष्ट्रेलियाको नेपाली पत्रकारितालाई अझ व्यवस्थित मर्यादित र यहाँको प्रेस काउन्सिलले तोकेको आचारसंहिताभित्र रही अघि बढाउने भनिएको छ । यसका साथै साधारणसभाले चिरञ्जिवी देवकोटाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
यस्ता छन् साधारणसभाले सार्वजनिक गरेका होबार्ट घोषणाका बुँदाहरु
१. पत्रकारिता समाजको अभिन्न अंग हो । व्यवसायिक पत्रकारिताले समाज निमार्णमा महत्वपूर्ण भूमिका खेल्दछ । अष्ट्रेलियामा नेपाली भाषाको पत्रकारितालाई थप व्यवसायिक, निष्पक्ष र तथ्यपरक बनाउनका लागि हामी अष्ट्रेलियन प्रेस काउन्सिलले निर्धारण गरेको आचारसंहिता र यहाँको कानूनी सिमाहरुलाई अक्षरस पालना गर्न कटिबद्ध छौं । पत्रकारिता समाजभन्दा बाहिर रहन सक्दैन भन्ने तथ्यलाई आत्मसाथ गर्दै असल, सूसुचित र एकताबद्ध समाज निर्माणमा योगदान दिन हामी व्यवसायिक पत्रकारितालाई जोड दिनेछौं ।
२. विदेशमा पनि नेपालीहरुका विभिन्न संघसंस्थाहरु सक्रिय छन् र त्यस्ता संगठनहरुको स्वतन्त्रता प्रति उत्तिकै सम्मान छ । पत्रकारितालाई व्यवसायिक बनाउने पाटोबाट हेर्दा, हामीले तयार पार्ने समाचारिय सामाग्रीहरु कुनै पनि राजनैतिक दल, क्षेत्र, वर्ग, जाती, धर्म, वर्ण र लिंगबाट निर्दिष्ट नभई, सिंगो नेपाल र नेपालीपनलाई उकास्नका लागि केन्द्रित रहनेछ । उल्लेखित विशेषताका आधारमा हामी हाम्रो पत्रकारितालाई प्रभावमुक्त राख्ने समेत प्रतिवद्धता गर्न चाहान्छौ ।
३. पत्रकारिता भनेको नियमित घटनाक्रमको जिम्मेववार अभिव्यक्ति हो । समाज विकासको तिब्रतासंगै पत्रकारितामा समेत प्राविधिक र दक्षताको खाचो टड्कारो बन्ने गरेको छ । समयको रफ्तारसंगै प्राविधिक र बद्लिदो समाजको भावना अनुसार दक्षता वृद्धी गर्न नसके, पत्रकारिताले समाजका आवश्यकताहरु पुरा गर्न सक्दैन । त्यसैले अष्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरुलाई समयअनुकुल दक्षता वृद्धी गर्न राज्यदेखि केन्द्रसम्मै विभिन्न प्रशिक्षण र कार्यशालाहरु गरिने समेत प्रतिबद्धता गर्न चाहान्छौं । जसका लागि राज्यदेखि संघीय तहसम्म रहेका सरकारी र गैरसरकारी संघसंस्थासंग सहकार्य गरि आवश्यक प्रशिक्षणहरुको व्यवस्था गर्नेछौं । समाजको अपेक्षा पुरा गर्न समेत हामी सामाजिक व्यक्ति र संघसंस्थासंग समेत छलफल र अन्तरक्रिया गर्नेछौं ।
अन्तमा समाजबिना पत्रकारिता संभव छैन । समाजको क्रिया र प्रतिक्रिया बिना पत्रकारिता न्याश्रो हुन्छ । पत्रकारितालाई व्यवसायिक बनाउनका लागि नेपाली समाजमा भएका व्यवसायहरुको विज्ञापन समेत आवश्यक छ । विज्ञापनले नै मिडिया हाउसलाई आर्थिक आम्दानीको बाटो खोलिदिन्छ । जसले व्यवसायिक पत्रकारिता गर्न संचारकर्मीलाई बाटो प्रसस्त गरिदिन्छ ।
यही घोषणा मार्फत हामी अष्ट्रेलियाको सिंगो नेपाली समाजलाई पत्रकारितामार्फत समाजलाई एकताको सुत्रमा बाध्ने यात्रामा सहकार्य गर्न अपिल समेत गर्दछौं ।
अध्यक्ष चिरञ्जीवी राज देवकोटा
उपाध्यक्ष कृष्ण तिवारी, प्रकाश हुमागाई, छत्र शंकर
महासचिव नारायण खड्का
कोषाध्यक्ष खगेन्द्र सत्याल
सचिव सरल गुरुङ
पब्लिक अफिसर गणेश भट्ट
प्रवक्ता तक्दीर अधिकारी
सदस्य प्रतीक सिग्देल
प्रतिक्रिया