काठमाडौँ ।
डोटी केन्द्रविन्दु भएर मङ्गलवार राति भूकम्प गएको छ। राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। उक्त भूकम्पले डोटीमा एक घर भत्किँदा तीन जनाको ज्यान गएको छ ।
डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
प्रतिक्रिया