एडिलेडमा ३१ तारिखबाट महापुरुष रिगल थियटरमा प्रदर्शन हुने !

एडिलेडमा ३१ तारिखबाट महापुरुष रिगल थियटरमा प्रदर्शन हुने !


एडिलेड, अष्ट्रेलिया ।

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको प्रतिक्षित चलचित्र महापुरुष अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन हुँदैछन् । यसैक्रममा साउथ अष्ट्रेलियाको एडिलेडमा पनि आगामी ३१ अक्टोबरका दिन चलचित्रको प्रथम प्रदर्शन गर्न लागिएको गिरिश ईभेन्टस एण्ड ईन्टरटेन्मेन्ट र थ्रीकेजी ईभेन्ट्सले जानकारी दिएको छ ।

स्थानीय रिगल थियटरमा साँझ ७ बजेबाट चलचित्र प्रदर्शन सुरु गरिनेछ । दर्शकको मागका आधारमा अन्य शोहरु पनि थप गर्दै जाने तयारी आयोजक पक्षको छ । अनलाईनमार्फत टिकट काट्न सक्ने व्यवस्था गरिएको गिरिश ईभेन्टका गगन गिरीले जानकारी दिएका छन् । टिकटका लागि यो लिंक क्लीक गर्नुस् ।

कस्तो छ त चलचित्र ?

फिल्म आदर्शनगर भन्ने समाजबाट सुरु हुन्छ। जहाँ देखिँदा सबै आदर्शवादी छन् । अन्यले पनि त्यहाँको सभ्य समाजको चर्चा गर्ने गरेका छन्। फिल्ममा बालकृष्ण केसी ९हरिवंश०ले अवकाशप्राप्त शिक्षकको भूमिका निर्वाह गरेका छन् । उनको श्रीमतीको देहान्त भइसकेको छ भने दुई छोरा छन् । जेठो छोरा विदुर केसी ९रवीन्द्र० आफ्नी श्रीमती र बच्चासँग छुट्टै बस्छन् । कान्छो छोरा विज्ञान (अरुण) भने स्वदेशमा केही नभएपछि अष्ट्रेलिया जान कोसिस गरिरहेका छन् ।

आदर्शनगरमा केही वृद्धहरू पनि छन् । यद्यपि बाहिर सुखी देखिए पनि मनभित्र खुसी छैनन् । आफ्नो सन्तानको खुसीकै लागि उनीहरू बाँचेर बसिरहेका छन् । फिल्मको कथालाई बालकृष्णकै माध्यमबाट भनिएको छ । उनलाई समाजले ‘महापुरुष’ भन्छन् । विज्ञान अष्ट्रेलिया जानलाई केही उपाय नलागेपछि प्रतिष्ठा ९अन्जना०सँग डिपेन्डेन्टमा जान तयार हुनहुन्छ । यद्यपि प्रतिष्ठा भने वास्तविक बिहे गरेर नै जाने योजनामा छन् । उनीहरूको भेट कन्सल्टेन्सीमार्फत भेट हुन्छ । प्रतिष्ठाको पिता मदनकृष्ण र आमा कोपिला पनि विज्ञानलाई देखेपछि विवाह गर्न तयार हुन्छन् ।

सम्धी एक्लै र आदर्शनगरमा बसोबास रहेको थाहा पाएपछि मदनकृष्णले ‘महापुरुष’ कै उपाधिसमेत दिन्छन् । तर बाहिरबाट जति सुखी देखिएता पनि भित्र मनबाट त्यति नै एक्लो हुनहुन्छ बालकृष्ण । घरमा कुरा गर्नेसमेत कोही नभएपछि उनले सुगासँग आफ्नो मनको कुरा गर्ने गरेका छन् । श्रीमती छैनन् । एउटा छोरा श्रीमतीसँग अलग्गै बस्ने र कान्छो छोरा अष्ट्रेलिया जने भएपछि झनै एक्लो महसुस गर्छन् । यहीँ कारण उनी बिरामी पर्छन् । डाक्टरले बाहिर घुमघाम गराउन र व्यस्त बनाउन आग्रह गरेपछि छिमेकी बाबुराम ९राजाराम०सँग छोराहरूले नाटक हेर्न पठाउँछन् ।

त्यहाँ हरिवंशको भेट फुलमाया ९गौरी०सँग हुन्छ । विस्तारै उहाँहरू नजिकिन्छन् । बुबाको विवाहको कारणले आफ्नो विवाह नहुने र अष्ट्रेलिया जान नपाउने थाहा पाएपछि विज्ञान झनै दुईलाई छुट्याउन लाग्छन् । त्यसले घटाउने विविध घटनाक्रमले बालकृष्णले फुलमायाले घरमै ल्याउछन् । त्यसपछि कथामा द्वन्द्वको सुरुआत हुन्छ । बालकृष्ण र फुलमायको विवाह होला त रु आदर्शनगरले त्यो सम्बन्धलाई कसरी लेला रु विवाह गरेर अष्ट्रेलिया जाने तयारीमा रहेका विज्ञानले आफ्नो सट्टा बुबाको विवाह गराउनु होला रु यी सब प्रश्नको जवाफ फिल्म हेरेपछि पाइन्छ ।

“हामीले एक्लो अभिभावकको कथालाई सरल प्रस्तुतिमार्फत फिल्ममा भनेका छौँ । यसले भरिपूर्ण मनोरञ्जन दिन्छ नै साथी हलबाहिर आउँदासम्म प्रभाव पार्छ भन्ने विश्वास छ”, निर्देशक भट्टराईले भने । अघिल्लो फिल्महरूमार्फत प्राप्त गरेको विश्वासलाई घट्न नदिने कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले जानकारी दिए । “फिल्म हेर्दाको समय र पैसा खेर जाँदैन । हामीले विश्वास बढाउने काम गरेका छौँ । दर्शकले मनोरँजनसँगै हाम्रो समाजको छुट्टै रुप देख्न पाउनुहुनेछ”, कार्यकारी निर्माता बानियाँले भन्नुभयो । षट्कोण आर्टस प्रालिको ब्यानारमा फिल्मलाई दीपेश खत्रीले निर्माण गरेका हुन् ।