यी हुन् सत्तारुढ गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार (नामावलीसहित)

यी हुन् सत्तारुढ गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार (नामावलीसहित)


काठमाडौँ ।

सत्तारुढ गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनमा आबद्ध साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरेको छ । गठबन्धनमा आबद्ध दलका तर्फबाट आज जारी गरिएको संयुक्त विज्ञप्तिमा गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरिएको छ ।

प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा केही स्थानमा देखिएको विवादलाई पनि छलफलका माध्यमबाट निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यस्तै गठबन्धनका तर्फबाट सहमतिका उम्मेदवारको सूची पनि सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ । केही स्थानमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ । ती स्थानमा एकआपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएका विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको लागि सत्तारुढ गठबन्धन दल र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल गर्ने सहमतिपछि बनाइएका पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फका यी हुन् उम्मेदवारहरुः