सुरु भयो नेपाल आईडलको चौथो डिजिटल संस्करण !

सुरु भयो नेपाल आईडलको चौथो डिजिटल संस्करण !


काठमाडौं ।

गायन रियालिटी शो ‘नेपाल आइडल’को चौँथो संस्करणको डिजिटल अडिसन शुरु भएको छ। ‘नेपाल आइडल’ चौँथो सिजनको डिजिटल अडिसन आजबाट शुरु भएको ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलले जानकारी दिएका छन् ।

नयाँ संस्करणलाई अघिल्ला सिजनभन्दा सशक्त बनाउन प्रोडक्सन टिमले शुरुमा डिजिटल अडिसनमा जाने निर्णय गरेको उनको तर्क छ।

‘पहिलो सिजनमा डिजिटल अडिसन विकल्पमा थियो। तर, कोरोनाको महामारीबीच अडिसन गर्न ठाउँ ठाउँमा पुग्न गाह्रो छ। जसकारण पनि डिजिटल अडिसन शुरु गरिएको हो। शोमा निर्णायकहरु को रहने भन्ने कुरा फाईनल हुन बाँकी छ ।

आइतवार मात्रै एपीवान टेलिभिजन, नेपाल आइडल र ब्रान्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलबीच नयाँ सिजनको बजार व्यवस्थापनसम्बन्धी सम्झौता भएको थियो।

डिजिटल अडिसनमा देश तथा विदेशमा रहेका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिकले सहभागी हुन पाउने छन्।

‘नेपाल आइडल’को चौँथो संस्करणको डिजिटल अडिसनका लागि प्ले स्टोरमा गएर एपी वान एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ। अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरी मागिएको विवरण भर्नुपर्नेछ। साथै आफ्नै स्वरमा गाएको दुई वटा फरक विधाका गीत अपलोड गरी अडिसन दिन सकिनेछ।

भदौ १ गतेदेखि शुरु हुने डिजिटल अडिसन भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ।