काठमाडौँ ।
राष्ट्रिय खेलकुद सुरु भएको ३९ बर्ष पछि दोस्रो पटक पोखरामा नवौं राष्ट्रिय खेलकुलको आयोजना हुदैँछ ।
२०४० सालमा दोस्रो संस्करणको आयोजना भएको पोखरामा यसपटक नवौं राष्ट्रिय खेलकुदको भब्य उदघाटन हुदैँछ । कोरोना महामारीका कारण ३ बर्ष पछि हुन लागेको नवौं राष्ट्रिय खेलकुदको उदघाटन उपराष्ट्रपति नन्दकिशोर पुनले आज उदघाटन गर्दैछन् । २०७७ फागुन २१–२७ सम्म गण्डकी प्रदेशमा हुने घोषणा भएपनि हुन सकेको थिएन ।
। देशैभरीका खेलाडी र प्रशिक्षक पोखरा आईपुगेका छन भने उदघाटनमा सातौं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्ज्वलन गर्नेछन् ।
आजवाट औपचारिक रुपमा सुरु हुने खेलमा ६ हजार १ सय ५७ खेलाडीले भाग लिने छन भने ७ वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशष्त्र प्रहरीसहित तीन बिभागीय टोली र एनआएन गरी १९ टोलीले सो प्रतियोगितमा भाग लिनेछन् ।
गण्डकीका मनाङ, मुस्ताङ र लम्जुङबाहेक अन्य जिल्लामा प्रतियोगिता आयोजना हुनेछन भने ३६ वटा खेल मध्ये २६ खेल पोखरामा सञ्चालन हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिए ।
प्रतिक्रिया