बाढी, पहिरोले सडकमा १ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको क्षति

बाढी, पहिरोले सडकमा १ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको क्षति


काठमाडौं, ७ कात्तिक । सडक विभागले बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले सडकमा एक अर्ब पाँच करोड रुपैयाँभन्दा धेरैको क्षति भएको जनाएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कात्तिक १ गतेयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले एक अर्ब पाँच करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान प्राप्त भएको बताउनुभएको हो । यो प्रारम्भिक विवरण रहेको र क्षति अझै बढ्न सक्ने उहाँको भनाइ थियो ।

वर्षाले १८ वटा सडकको २ सय ४४ ठाउँमा बन्द भएको र तीमध्ये मनाङ, बाजुरा, बझाङ लगायतका ठाउँका सडक खुल्न बाँकी रहेको सडक विभागले जनाएको छ । मनाङमा सडक खुल्न अझै दुई÷तीन दिन लाग्ने र बझाङमा अझै केही समय लाग्ने विभागको भनाइ छ ।