ब्रिसबेन, अष्ट्रेलया ।
नेपालको चर्चित व्याण्ड ‘दि एक्स’ले आज बुधबार ब्रिसबेनमा कन्सर्ट गर्ने भएको छ । कन्सर्टका लागि अष्ट्रेलिया टूरमा रहेको व्याण्ड ब्रिसबेन पुगिसकेको छ भने मंगलबार साँझ व्याण्डसँग मिट एण्ड ग्रिट आयोजना गरिएको थियो । उक्त अवसरमा बोल्दै व्याण्डका भोकलिष्ट शिव मुखियाले व्याण्ड स्थापनाको ३० औं वार्षिक उत्सवको अवसरमा अष्ट्रेलिया टूर आयोजना गरिएको र आफुहरुको दोश्रो कन्सर्ट ब्रिसबेनमा हुन लागेको बताएका थिए ।
नमस्ते इभेन्टले आयोजना गर्ने कन्सर्ट ब्रिसबेनको भ्यालीस्थित ट्रिफिडमा हुन लागेको हो । साँझ साढे ६ बजेबाट कन्सर्ट सुरु हुने आयोजकले जनाएका छन् । मिराई ग्लोबल एजुकेसन एण्ड भिसा सर्भिसेस र भ्याली इन्टरनेशनल कलेज मुख्य प्रायोजक रहेको उक्त कार्यक्रमको प्रमुख आकर्षक दि एक्स व्याण्ड रहेको छ । एक्स व्याण्ड सन् १९९२ मा स्थापना गरिएको व्याण्ड हो भने यसका धेरै गीतहरुलाई संगीत पारखीहरुले मन पराएका छन् । व्याण्डमा शिव मुखियासहित, सजल राजभण्डारी र सुरेन्द्र श्रेष्ठ सदस्य रहेका छन् ।
उक्त कार्यक्रममा डीजे सुरजको संगीत, प्रभाव खड्का र होस्ट सीजल उप्रेतीको साथै उत्कृष्ट तस्बिर र भिडियो अनुभव गर्न सकिनेछ । कार्यक्रमलाई ८८४८ मःमः हाउस, एसोसिएट्स एबीसी ग्लोबल एजुकेसन कन्सल्टेन्सी, अष्ट्रेलियाली हलाल बुचर्स, कन्टिन्युटी केयर, देउराली एडभेन्चर, अस्सी फाइनान्स एण्ड होम लोन, ओपल प्रोपर्टी ग्रुप, कुरपारु फ्युजन र तिब्बती किचनले प्रायोजन गरेका छन्। केबीसी खबर अष्ट्रेलिया उक्त कार्यक्रमको मिडिया पार्टनरको रुपमा रहेको छ।
प्रतिक्रिया