शौचालयमा चिप्लिएर एमाले नेता बालकृष्ण ढुंगेलको निधन

शौचालयमा चिप्लिएर एमाले नेता बालकृष्ण ढुंगेलको निधन


काठमाडौं । माओवादीबाट पार्टी परित्याग गरेपछि नेकपा एमालेको पोलिटब्युरो सदस्य बनेका बालकृष्ण ढुङ्गेलको निधन भएको छ । शनिबार उनी आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौंको काँडाघारी बस्ने नेता ढुङ्गेल घरमा एक्लै भएका बेला लडेर निधन भएको प्रारम्भिक अनुमान आएको परिवारका सदस्यले जानकारी दिएका छन् । घरमा एक्लै भएका बेला शौचालयमा लडेर निधन भएको जानकारी आएको उनका भाइ सरोज ढुङ्गेलले जानकारी दिए ।

नेता ढुङ्गेल लामो समयदेखि मिर्गौला तथा अन्य रोगबाट पीडित थिए । घरका सदस्यहरू टीका लगाउन बाहिर गएका बेला घरमा एक्लै हुँदा नेता ढुङ्गेलको शौचालयमा चिप्लेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

यसअघि माओवादी पार्टीमा रहेका नेता ढुङ्गेल पछिल्लो समय एमाले प्रवेश गरी एमालेको गतिविधिमा सक्रिय थिए । माओवादीमा रहँदा उनी संविधान सभा सदस्यको जिम्मेवारी पाइसकेका व्यक्ति हुन् । साथै, ओखलढुंगामा उज्जेन श्रेष्ठ हत्याको अभियोगमा पाँच वर्ष जेल परेर उनी छुटेका थिए ।