सुर्खेतको सामुदायिक वनमा बम विस्फोट, दुई घाइते

सुर्खेतको सामुदायिक वनमा बम विस्फोट, दुई घाइते


काठमाडौं, ६ कात्तिक । सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा बम विस्फोट भएको छ । वीरेन्द्रनगर नगरपालिका–७ स्थित कट्कुवा सामुदायिक वनमा बम विस्फोट भएको हो । विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका छन् । घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षीय नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बम कस्ले राख्यो, कसरी बिस्पोट भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विस्फोटमा परेर घाइते भएकाहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । घाइते मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।