मेलबर्न, अष्ट्रेलिया ।
गैर आवसीय नेपाली संघ (एनआरएनए) तास्मानियाले पहिलो पटक गर्न लागेको ‘नेपाल फेस्टिभल तास्मानिया’ को तयारी तीव्र गतिमा भइरहेको छ। तास्मानियामा रहेका नेपालीहरुको कला सांस्कृतिको तथा व्यपार व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यका साथ नोभेम्बर ६ तारिख फ्रयांकिलिङ स्क्वायर का दिन एनआरएनए तास्मानियाले होबार्टमा नेपाल फेस्टिभल गर्न लागेको हो।
एनआरएनए तास्मानिया यतिबेला नेपाली फेस्टिभलको तयारीमा लागेको छ । आरजिआइटी अष्ट्रेलिया र केबिए ग्लोबल ‘नेपाल फेस्टिभल २०२२’ को टाइटल स्पोन्सर गरेका छन्। संघले यहाँका अन्य व्यवसायीक व्यक्तिहरुसँग सहयोगका लागि छलफललाई तीव्र बनाएको छ। एनआरएनए तास्मानियाका संयोजक राकेश शाक्यले यहाँ रहेका सम्पूर्ण नेपाली व्यवसायीलाई कार्यक्रमको प्रयोजक बनेर सहयोग गर्न अपिल गरेका छन्। एनबीएका अध्यक्ष रेवन्त बस्नेत र उपाध्यक्ष प्रवीन खरेलले एनबीएमा आवद्ध सबै व्यवसायीलाई व्यवसाय प्रवर्द्धन गरेर यस पर्वलाई भव्यताका साथ सम्पन्न गर्न आग्रह गरेका छन्।
यसैबीच एनआरएनए तास्मनियाले नेप्लिज विजनेश एसोसियसन (एनबीए) तास्मानियासँग छलफल गरेका छन्। एनबीएसँगको छलफलका क्रममा सदस्य व्यवसायीहरुले नेपाल फेस्टिभल तास्मानियालार्य प्रयोजकको रुपमा सहयोग गर्ने पतिवद्धदा जनाएका छन्। संघले तास्मानियाको उत्तरी क्षेत्रका नेपाली व्यवसायीहरुसँग पनि सहकार्यका लागि सम्झौता गरेको छ।
यहाँ रहेका कतिपय व्यवसायीहरूले प्रयोजकका लागि एनआरएनएसँग सम्झौता पनि गरिसकेको संयोजक शाक्यले बताएका छन्।
तास्मानियामा पहिलो पटक हुन लागेको नेपाल फेस्टिभललाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि यहाँ रहेका नेपाली भाषी समाजिक संघ–संस्था, खेलकुदसँग सम्बन्धित संघ–सस्थासँग सहकार्य गरेर अगाडी बढ्ने एनआरएनए तास्मानियाका सचिव लोकेन विष्टले जानकारी दिए ।
प्रतिक्रिया