नमस्ते इभेन्टले क्विन्सल्यान्डमा सांगीतिकको कार्यक्रम गर्दै

नमस्ते इभेन्टले क्विन्सल्यान्डमा सांगीतिकको कार्यक्रम गर्दै


मेलबर्न अष्ट्रेलिया ।

नमस्ते इभेन्टले क्विन्सल्यान्डमाको ट्रिफिडमा सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। मिराई ग्लोबल एजुकेसन एण्ड भिसा सर्भिसेस र भ्याली इन्टरनेशनल कलेज मुख्य प्रायोजक रहेको उक्त कार्यक्रममा दि एक्स ब्यान्डको विशेष प्रस्तुति रहने छ।

उक्त कार्यक्रममा डीजे सुरजको संगीत, प्रभाव खड्का र होस्ट सीजल उप्रेतीको गीतका साथै उत्कृष्ट तस्बिर र भिडियो अनुभव गर्न सकिने आयोजकले जनाएको छ। कार्यक्रममा मनोरञ्जन गर्न चाहनेका लागि अनलाइन टिकट खुला गरिएको छ।

कार्यक्रमलाई ८८४८ मःमः हाउस, एसोसिएट्स एबीसी ग्लोबल एजुकेसन कन्सल्टेन्सी, अष्ट्रेलियाली हलाल बुचर्स, कन्टिन्युटी केयर, देउराली एडभेन्चर, अस्सी फाइनान्स एण्ड होम लोन, ओपल प्रोपर्टी ग्रुप, कुरपारु फ्युजन र तिब्बती किचन प्रायोजन गरेका छन्। केबीसी खबर अष्ट्रेलिया उक्त कार्यक्रमको मिडिया पार्टनरको रुपमा रहेको छ।

टिकट खरिद गर्न यहाँ क्लिक गर्नुहोस।