आरोप लागेकै भरमा सन्दीप लामिछानेलाई कालोसूचीमा राख्नु गलत : रिमा विश्वकर्मा

आरोप लागेकै भरमा सन्दीप लामिछानेलाई कालोसूचीमा राख्नु गलत : रिमा विश्वकर्मा


काठमाडौँ । नायिका तथा रियालसटी शो होस्ट रिमा विश्वकर्माले सन्दीप लामिछानेलाई आरोप लगेकै भरमा अध्यागमन विभागले कालोसूचीमा राख्नु गलत भएको बताएकी छन् । उनले एउटा अन्तर्राष्ट्रिय स्तरको खेलाडीलाई दोष प्रमाणित हुनु अगाडि नै यसरी कालोसूचीमा राखिनु न्यायपूर्ण नभएको तर्क गरेकी हुन् ।

’आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय खेलाडीलाई कालोसूचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ ?’ भनेर प्रश्न गरेकी छन्।

उनी लेख्छिन्,’ सन्दीप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला। दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनुपर्छ, अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुँदैन। तर आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई कालोसूचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ?’