यस्तो रह्यो राजदूत पोखरेलको चारदिने मेलबर्न बसाई

यस्तो रह्यो राजदूत पोखरेलको चारदिने मेलबर्न बसाई


मेलबर्न अष्ट्रेलिया । ‘नेपाल फेस्टिभल मेलबर्न’ को प्रमुख आतिथि रुपमा मेलबर्न आएका अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेलले यहाँ रहेका संघ-संस्था तथा भिक्टोरिया राज्यका मन्त्रीसँग भेटघाट गरेका छन्।

बिहिबार मेलबर्न आएका उनले भिक्टोरिया राज्यका बहुसांस्कृतिक मन्त्री रोस स्पेन्ससँग भेटवार्ता गरे । सोही दिन राजदूत पोखरेलले भिक्टोरिया महावाणिज्यदूतावासको कार्यलयको आयोजनमा नेपाली समुदायसँग पनि छलफल गरेका थिए।

सो क्रममा भिक्टोरियामा रहेका नेपाली समुदायले नेपालमा सुरक्षित लगानीको वातावरण बनाउन राजदूत समक्ष आग्रह गरेका थिए। शुक्रबार राजदूत पोखरेलले मेयर सीआर मार्कको संयोजनमा ग्लेन्रोएको पुस्तकालय भ्रमण गरे । जहाँ नेपाली पुस्तक र संस्कृतिलाई पनि विशेष स्थान सहित समावेश गरिएको छ ।

सोही दिन राजदूत पोखरेलले भिक्टोरियाका शिक्षा तथा महिला मन्त्री नताली हचिन्स्सँग भेटघाट गरे। भेटका क्रममा दुई देशको आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको थियो।

त्यसलगत्तै राजदूत पोखरेलले भिक्टोरिया बहुसाँस्कृतिक आयोगका अध्यक्ष भिभ नुगेनसँग भेटवार्ता गरे । शनिबार एनआरएनको आयोजनामा भएको नेपाल फेस्टिभलमा प्रमुख आतिथि रहेका राजदूत पोखरेलले सोही दिन बेलायतकी महारानी एलिजाबेथ द्धितियको निधनप्रति दुख व्यक्त गर्दै मेलबर्न स्थित भिक्टोरियाको संसदमा पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए।

मेलबर्नस्थित यारा उपत्यका लगायत केही एतिहासिक स्थलहरुको भ्रमण सकेर राजदूत पोखरेल आइतबार क्यानबेरा प्रस्थान गरेका छन्।

Photo credit : mntvonline