१० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक भीम रावलको राजीनामा !

१० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक भीम रावलको राजीनामा !


काठमाडौं, ५ कात्तिक । नेकपा एमालेको विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओलीले चासो नदेखाएको भन्दै कार्यदलका संयोजन भीम रावलले राजीनामा दिनुभएको छ । पार्टी उपाध्यक्षसमेत रहनुभएका रावलले शुक्रबार बसेको स्थायी कमिटीको बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिनुभएको हो । पार्टी अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको रावलले बताउनुभयो । ‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ,’ स्थायी कमिटी बैठकपछि उपाध्यक्ष रावलले भन्नुभयो । उहाँले राजीनामा लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने पनि जानकारी दिनुभयो ।
स्थायी कमिटी बैठकमा रावलले १० बुँदे सहमतिका विषयमा फरक मत पनि राख्नुभएको छ । स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि उहाँले असहमति जनाउनुभएको छ ।