नेपाल फेस्टिभल सुरु, यस्तो भयो परेड (फोटोफिचर)

नेपाल फेस्टिभल सुरु, यस्तो भयो परेड (फोटोफिचर)


मेलबर्न अष्ट्रेलिया ।

अस्ट्रेलियाको मेलर्बनमा ‘नेपाल फेस्टिभल मेलबर्न २०२२’ सुरु भएको छ। गैर आवासीय नेपाली संघ एनआरएनको आयोजनामा नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल फेस्टिभल सुरु भएको हो।

भिक्टोरियालगायत अष्ट्रेलियाका अन्य राज्यबाट आएका नेपालीहरु आफ्नो मौलिक भेषभुषामा सजिएर परेडमा सहभागी भएका थिए। परेडमा मौलिक बाजाका साथ नाचगाँन गर्दै सहभागीहरु रमाएका थिए।

परेडमा यहाँ रहेका विभिन्न नेपाली संघ–संस्थाले आ–आफ्नो ब्यानरसहित सहभगीता जनाएका थिए।